धादिङ २९ भाद्र
मदन पुरस्कार विजेता धादिङका नवराज लम्साललाई गृह जिल्ला धादिङमा सम्मान गरिएको छ । नेपाल प्रेस युनियन धादिङ, भानु प्रतिष्ठान र पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ धादिङको आयोजनामा गरिएको कार्यक्रममा सदरमुकाम आसपासका विद्यालयहरुका साथै नीलकण्ठ नगरपालिका वडा नं. ३ लगायतका संस्थाहरुको सहकार्यमा सम्मान गरिएको हो ।
लम्सालको स्वागत र सम्मानमा निकालिएको ¥याली पुछार बजारबाट जिल्ला प्रशासन कार्यालय हुदै कार्यक्रम स्थल नीलकण्ठ नगरपालिकाको हलमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रमको अध्यक्ष समेत रहनु भएका नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले धादिङको माटोमा जन्मिएर नेपाली साहित्यमा यो किसिमको उचाइ हाँसिल गर्न सफल भएकाले सम्मान कार्यक्रमको आयोजना गरिएकोे बताउनुभयो ।
त्यस्तै, भानु प्रतिष्ठान धादिङका अध्यक्ष डाक्टर नवीनबन्धु पहाडीले नेपाली साहित्य जगतमा लम्सालले पु¥याउनुभएको योगदान तथा लम्सालको लेखनशैली र अग्नी महाकाव्यको विषयबस्तुको बारेमा चर्चा गर्नुभएको थियो ।
समारोहलाई सम्बोधन गर्नुहुदै लम्सालले विपन्न, मजदुर, दलित र पछाडि पारिएको विषयमा वकालत गरेर नेपाली साहित्यमा थोरै कृति मात्र जन्मिएको बताउँदै मदन पुरस्कार विजेता कृति अग्नीले त्यस्तापछि पारिएको र विभेदमा पारिएको समुदायलाई सम्वोधन गरेको बताउनुभयो । गृह जिल्ला धादिङमा पाएको सम्मानले आगामी दिनमा पछि पारिएका समुदाय र विभेदमा बाँचेका समुदायको विषयमा अझै धेरे लेख्ने प्रेरणा मिलेको बताउनुभयो ।
लम्सालद्धारा लिखित महाकाब्य अग्निले २०७८ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस