धादिङ २५ भाद्र
धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ धुवाकोटको डाडा गाउँमा कन्यादेवी मन्दिरको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बिच बागमती प्रदेशका पूर्व सामाजिक विकास राज्य मन्त्री डा. रामकुमार अधिकारीले उद्घाटन गनुृभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री अधिकारीले समाजमा विकास निर्माणका कार्यलाई गति दिन स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । बागमती प्रदेशबाट १० लाख र स्थानीय बासिन्दाहरुको चन्दा सहयोगबाट ८ लाख गरी १८ लाख लागतमा मन्दिर निर्माण गरिएको निर्माण समितिका अध्यक्ष रामजी गरुङले बताउनुभयो ।
मन्दिर निर्माण समितिका अध्यक्ष रामजी गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्व राज्यमन्त्री अधिकारीको प्रमुख आतिथ्य रहेको थियो भने वडा अध्यक्ष नमराज दुवाडीको विशेष आतिथ्य एवं स्थानीय संघ संस्थाका प्रमुख एवं प्रतिनिधि सहित स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि नमराज दुवाडीले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गर्दै वडाको विकासमा सहयोग गर्न वडाबासीहरुलाई आह्वान समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस