धादिङ २४ भाद्र
धादिङको सल्यान्टारमा मुक्तिनाथ विकास बैंकको आयोजनामा केन्द्र प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
बिहिबार सम्पन्न कार्यक्रममा बैंकका शाखा प्रमुख बिजय तामाङले कार्यालयको प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो भने धादिङ क्षेत्रीय प्रमुख ध्रुब प्रसाद रेग्मीले बैंकको भावि कार्यक्रमको प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अथिति तथा त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं २ को वडा अध्यक्ष कृष्ण बहादुर खत्रीले ऋण लिनको लागि मात्रै बैंकमा आबद्ध नभई सक्षम व्यवसायीमुखी हुनुपर्ने भन्दै धेरै संस्थामा रहेर ऋण कारोबार गर्दा दुख पाउने गरेको घटना बढेको हुनाले यस्ता कार्य नगर्न आग्रह गर्नुभयो ।
त्यस्तै, कार्यक्रमको अवसरमा उत्कृष्ट बचत कर्ता र उत्कृष्ट व्यवसायिलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । बैेंककी केन्द्र प्रमुख राम कुमारी कुमाल को सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं २ को वडा अध्यक्ष कृष्ण बहादुर खत्रीको प्रमुख आतिथ्य रहेको थियो भने बैंकका केन्द्र प्रमुख तथा केन्द्र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस