धादिङ २३
५६ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा धादिङ आवासीय माध्यमिक विद्यालय र न्यु धादिङ बोर्डिङ स्कूलले संयुक्त रुपमा अन्तर विद्यालय नृत्य प्रतियोगिता आयोजना गरेको हो ।
धादिङ आवासीय माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा दुबै विद्यालयका ४ वटा सदन गरी ८ वटा समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा धादिङ आवासीय माध्यमिक विद्यालयको हरियो सदन प्रथम, न्यू धादिङ बोर्डिङ स्कूलको हरियो सदन द्धितीय र धादिङ आवासीय माविकै रातो सदन तृतीय भएको धादिङ आवासीय माध्यमिक विद्यालयकी प्राइमरी लेभल इन्चार्ज अनिता श्रेष्ठले जानकारी दिनुभयो ।
५६ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको मूल नारा साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण, शिक्षामा सुधार–प्रगतिको आधार रहेको थियो ।
प्रतिक्रिया दिनुहोस