धदिङ २२ भाद्र
बुधबार धादिङका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा गरिएको ५९ एन्टिजेन परिक्षणमध्ये निलकण्ठ नगरपालिकामा १५ जना, ज्वालामुखी गाउँपालिकामा २ जना , धुनिबेसी नगरपालिकामा १ जना गरी जिल्लामा १८ कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
यस्तै १७ संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने जिल्लामा हाल सक्रिय संक्रमित ८२ रहेका छन् । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस