धादिङ २० भाद्र
आन्तरिक मामिला तथा कानून मन्त्रालयले धादिङ, चितवान र मकवानपुरमा भदौ २२ गते सार्वजनिक बिदा दिएको छ ।
बागमती प्रदेश सरकार तथा मन्त्रिपरिषद्ले २०७८ चैत ९ गते गरेको निर्णयानुसार चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा धादिङ, चितवान र मकवानपुर जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा जारी विज्ञप्ति मार्फत भनिएको छ ।
चेपाङहरुहरुको बसोवास रहेको धादिङ, चितवन, मकवानपुर र गोरखा लगायतका जिल्लामा २०५५ सालदेखि हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस