गोरखा १९ भाद्र
चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज मेडिकल क्याम्पसको पहिलो सामुदायिक प्रस्तुति भिमसेनथापा गाउँपालिका ३ तान्द्राङ गोरखामा सम्पन्न भएको छ ।
एमबिबिएस तह प्रथम वर्षको परियोजना कार्य अन्र्तगत उक्त वडाको ६ सय ३२ घरधुरी मध्ये १ सय ५५ घरधुरीमा गरिएको सामुदायिक कार्य नमूना सर्वेक्षणको तथ्याङ्कीय पहिलो प्रस्तुति प्रस्तुत गरिएको हो ।
सर्वेक्षणमा सर्ने, नसर्ने रोग, दिर्घ रोग, औषधी सेवन, गर्भपतन, ज्येष्ठ नागरिकका स्वास्थ्य अवस्था, उपचार व्यवस्था, परिवार नियोजन, स्वच्छ खानेपानीको अवस्थाका साथै सामाजिक रितीरिवाज, धर्म, संस्कृति र समुदायको मुख्य पेशा, आम्दानीका स्रोतको तथ्याङ्कीय प्रस्तुति रहेको थियो ।
चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज मेडिकल कलेजका विद्यार्थीहरुले भिन्न भिन्न विषयमा नमूना सर्वेक्षण गरेका थिए ।
कार्यक्रममा भीमसेनथापा गाउँपालिका ३ का वडाअध्यक्ष ऋषिराम लामिछाने, वडासदस्यहरु, समाजिक अगुवा, समाजसेवी, स्वास्थ्यकर्मी लगायत शिक्षकहरुको सहभागिता रहेको सहकर्मी मित्र कृष्ण बहादुर लामिछानेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस