राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।
राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभा सदस्यको कार्यकाल मंसिर ४ गतेपछिका लागि पनि राख्ने तयारी हुँदा आफू दुःखी भएकाले राजीनामा दिनुपर्ने लागेको बताए ।
निर्वाचन घोषणा भएपछि पनि संसद् चल्नु राम्रो नभएको लिङ्देनको भनाइ थियो । उनले सरकार पनि चुनावी रूपमा बनाउनुपर्ने उनको धारणा थियो ।
लिङ्देन २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तय भएको छ । उनले अब प्रतिनिधिसभा निर्वाचनमा पार्टी काममा लाग्ने बताए ।
प्रतिक्रिया दिनुहोस