धादिङ १७ भाद्र
शुक्रबार धादिङबेसीमा भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । एकीकृत सामुदायिक विकास अभियान नेपाल ICDC धादिङको २५ औं स्थापना दिवसको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा पुरुष २७ र महिला ९ गरी ३६ जनले रक्तदान गरेको ICDC धादिङका राजन दुवाडीले जानकारी दिनुभयो ।
रक्तदान कायक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र, धादिङले गरेको थियो । जिल्लामा रगत अभाव हुन नदिन विभिन्न संघ, संस्था, सहकारीको वार्षिक कार्यक्रम तथा समारोहहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस