धादिङ
माओवादी केन्द्र धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को बैठक गजुरीमा आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकले यस क्षेत्र र यस क्षेत्र भित्र पर्ने दुबै प्रदेशका लागि उम्मेदवारहरुको नाम जिल्ला कार्यसमितिमा सिफारिस गर्ने छ ।
प्रतिनीधि सभा क्षेत्र नम्बर १ इन्चार्ज एवम् बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ९विवेक० का अनुसार आज आकांक्षी उम्मेदवारहरुको नाम छनोट गरि जिल्ला कार्य समितिमा सिफारिस हुने छ ।
गठबन्धन हुँदा कुन लिने र नहुँदा को को उम्मेदवार उठाए चुनाव जितिन्छ निर्मम भएर वैठकमा छलफल गरिने समेत उनले बताए । स्रोतका अनुसार यो क्षेत्रको एउटा प्रदेशबाट जिल्ला इन्चार्ज समेत रहका शालिक राम जमकट्टेललाई सर्वसम्मत प्रदेश सांसद टिकटको लागि सिफारिस गर्ने छ ।
अनलाईन खबर
प्रतिक्रिया दिनुहोस