धादिङ १५ भाद्र
नेवाः पत्रकार राष्ट्रिय दवुः जिल्ला शाखा धादिङको अध्यक्षमा सन्तोषराज श्रेष्ठ चयन हुनुभएको छ । बुधबार सम्पन्न संघको तेस्रो अबिधेशनबाट श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो ।
जसको उपाध्यक्षमा राजाराम डंगोल, सचिवमा लक्ष्मी शाक्य, कोषाध्यक्षमा मनिष श्रेष्ठ र सदस्यहरुमा कल्पना श्रेष्ठ, शुरेश श्रेष्ठ र सुमन श्रेष्ठ रहेका छन् ।
त्यस्तै, अबिधेशनले केन्द्रिय प्रतिनिधिमा शंकर श्रेष्ठ, सरिता श्रेष्ठ, र अर्जुन श्रेष्ठ तथा प्रदेश प्रतिनिधिमा काजि श्रेष्ठ, टेकमान शाक्य, लक्ष्मी शाक्य र सुस्मिता श्रेष्ठलाई चयन गरेको छ ।
नव निर्वाचित अध्यक्ष श्रेष्ठले प्रतिवद्धता मन्तब्यको क्रममा आफ्नो कार्यकालमा अक्षयकोषको स्थापना गरी त्रियाशिल नेवाः पत्रकार पुरस्कार प्रदान गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस