धादिङ १४ भाद्र
हिन्दू महिलाहरुको महान् चाड हरितालिका तीजको अवसर पारी धादिङबेसी स्थित पशुपति मन्दिरमा लायन्स क्लव अफ काठमाडौ धादिङले नागरिक सहायता कक्ष सञ्चालन गरेको छ ।
ब्रतालु भक्तजनहरुलाई सहयोग गर्ने हेतुले शुद्ध पिउने पानी, ग्लुकोज पानी र जीवनजल वितरण गरिएको क्लबका चाटर्ड प्रेसिडेन्ट सुवास बसेलले जानकारी दिनुभयो । बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म नागरिक सहायता कक्ष संचालन गरी सहयोग गरिएको थियो भने मन्दिर परिसरमा सरसफाई समेत गरिएको थियो ।
नेपाली संस्कृति संरक्षण सहित समाज परिवर्तन गर्न सकारात्मक सामाजिक सद्भाब निरन्तरता कार्यक्रम सम्पन्न बताउदै बसेलले आगामी दिनहरूमा पनि क्लबले शिक्षा, स्वास्थ, कुपोषण र लगायतका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस