धादिङ १७ श्रावण
नीलकण्ठ नगरपालिका वडा नं. ९ ज्यामिरे स्वास्थ्य चौकी धादिङका एम्बुलेन्स चालक राजिव गुरुङलाई शुक्रबार साझँ जिल्ला अस्पतालको प्राङ्गणमा हातपात भएको छ । नीलकण्ठ नगरपालिका वडा नं. ३ धादिङबेसी बीचबजार बस्ने विष्णु श्रेष्ठले एक्कासी बिना कारण आफूँलाई हातपात गरेको पीडित गुरुङले बताएका छन् । पीडित गुरुङले उक्त व्यक्तिलाई आफूले राम्रोसँग नचिनेको र कुनै किसिमको झै झगडा मनमुटाव नभएको बताएका छन् । यता संयुक्त एम्बुलेन्स चालक समाज धादिङका अध्यक्ष भेषराज ठकुरीले दिन दहाडै हजारौ बिरामीहरुलाई बचाउन लागि पर्ने एम्बुलेन्स चालकहरुलाई हातपात हुनु घोर निन्दनीय भएको र हातपात गर्नेलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्ने माग गर्दै एम्बुलेन्स चालकहरुको सुरक्षाको प्रत्याभुति दिलाउन सरकार समक्ष जोडदार माग गर्नु भयो । हातपातमा सङ्लग्न श्रेष्ठ हाल फरार रहेका छन् ।
हातपात गर्ने विष्णु श्रेष्ठ
प्रतिक्रिया दिनुहोस