बागमती प्रदेशमा महिला हिंसाका घटना धेरै हुने गरेको पाईएको छ । राष्ट्रिय महिला आयोगका अनुसार गत आर्थिक वर्षमा आयोगमा दर्ता भएका उजुरीहरू मध्ये करिब ७५ प्रतिशत उजुरी बागमती प्रदेशका महिलाहरूबाट प्राप्त भएको छ ।
गत आर्थिक वर्ष आयोगमा १ हजार ५ सय ७७ उजुरी दर्ता भएकोमा बाग्मती प्रदेशबाट मात्रै १ हजार १ सय ३ उजुरी दर्ता भएको हो । यस्तै सबैभन्दा कम उजुरी कर्णाली प्रदेशबाट २४ वटा उजुरी दर्ता भएको छ । प्रदेश १ र मधेश प्रदेशबाट ७७, गण्डकीबाट ५८, लुम्बीनी प्रदेशबाट ८० र सुदुरपश्चिमबाट ५३ उजुरी प्राप्त भएको छ ।
प्राप्त उजुरी मध्य १ हजार ३ सय ५५ उजुरी घरेलु हिंसाका छन् भने २ सय २० उजुरी अन्य हिंसासँग सम्बन्धित रहेका छन् । प्राप्त उजुरी मध्ये १ हजार ५ सय ५२ उजुरी उपर आयोगले कानुनी परामर्श दिएको छ भने २ सय १५ उजुरी उपर आयोगले कानुनी सहयोग उपलब्ध गराएको आयोगका प्रवक्ता चमिला भट्राईले बताउनुभयो ।
आयोगका अनुसार घरेलु हिंसा अन्तर्गत मानसिक यातना दिएको उजुरी सबैभन्दा बढी छ । कुटपिट, चरित्र हत्या, आर्थिक यातना, यौन दुव्र्यवहार, बलात्कार, वैवाहिक बलात्कार लगायतका २५ प्रकारका हिंसाविरुद्ध उजुरी दर्ता भएका छन् ।
प्रतिक्रिया दिनुहोस