धादिङ ११ भाद्र
अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यर्की महासंघ धादिङको संयोजकमा डा. दिनेश रेग्मी चयन हुनुभएको छ । शनिबार धादिङबेसीमा भएको प्रथम भेलाले डा. रेग्मीको संयोजकत्वमा ३१ सदस्यीय प्रथम जिल्ला सम्मेलन आयोजक समिति घोषणा गरेको हो ।
प्रगतिशील जनस्वास्थ्यकर्मी एव. त्रिपुरासुन्दरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख याम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको भेलामा नेकपा(माओवादी केन्द्र) बागमती प्रदेशका सह–सचिव विजय बुर्लाकोटीको प्रमुख आतिथ्य, माओवादी केन्द्र धादिङका जिल्ला संयोजक मनराज भण्डारी(सैलेश)को विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले संगठनको औचित्य, हालको अवस्थाका बारेमा जानकारी दिदै स्वागत मन्तव्य राख्नुभएको थियो भने नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामती), धादिङका सचिव एवं धादिङ अस्पतालका सूचना अधिकारी विक्रम वि.कले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
उक्त संगठन नेकपा(माओवादी केन्द्र) निकट भातृ संगठन हो ।
प्रतिक्रिया दिनुहोस