धादिङ १० भाद्र
शुक्रबार धादिङका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा गरिएको ३० एन्टिजेन परिक्षणमा ज्वालामुखी गाउँपालिकामा ८ जना, गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिकामा १/१ जना गरी जिल्लामा १० पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
यस्तै जिल्लाका थप १२ कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । यो सँगै हाल सक्रिय संक्रमितको संख्या १३४ रहेको छ । संक्रमित सबै होम आईशालेशनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस