धादिङ ०९ भाद्र
स्वास्थ्य तथा सुरक्षामा अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको पहुँचमा सहजिकरण परियोजना अन्र्तगत सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
अपाङ्ग कल्याण संघ गजुरी १ धादिङको आयोजनामा विहिबार सम्पन्न कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका समस्या र सुझावका बारेमा अन्र्तक्रिया गरिएको थियो ।
अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा को प्रमुख आतिथ्यता रहेको थियो भने विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, सरकारी निकायका प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस