धादिङ ०७ भाद्र
धादिङमा मंगलबार २२ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको ज्वालामुखी गाउँपालिकामा ८ जना, धुनिबेसी नगरपालिकामा २ जना र गंगाजमुना गाउँपालिकामा १ जना गरी जिल्लामा ११ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ ।
हाल सक्रिय संक्रमितको संख्या १४२ पुगेको छ । र संक्रमित सबै होमआईशालेशनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस