धादिङ ०६ भाद्र
नेपाल व्यवसायिक बाख्रापालक किसान महासंघ धादिङको अध्यक्षमा आईतकुमार तामाङ चयन हुनुभएको छ ।
आइतबार सम्पन्न नेपाल व्यवसायिक बाख्रापालक किसान महासंघ धादिङको तेस्रो जिल्ला अधिवेशनले तामाङको अध्यक्षतामा १७ सदस्यीय रहने कार्यसमितिमा १४ जना सर्वसम्मत चुनिएका छन् भने बाँकि ३ सदस्य रुविभ्यालि गाउँपालिका, गल्छि गाउँपालिका र धुनीबेँशी नगरपालिकाबाट १/१ जना सदस्य जिल्लाले छान्नेछ । जसको उपाध्यक्षमा सुन्तलिमाया तामाङ (बेनिघाट), कोषाध्यक्षमा वेदहादुर गुरुङ (बेनिघाट), सचिवमा प्रेम गुरुङ (नीलकन्ठ) र ,सह-सचिवमा मुना थापा (नीलकण्ठ) चयन हुनुभएको छ ।
नेपाल व्यवसायिक बाख्रापालक किसान महासंघ धादिङका अध्यक्ष रेमनाथ भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नवराज अधिकारीको प्रमुख आतिथ्य रहेको थियो भने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसााद लम्साल, जिल्ला भेटेरिनरी प्रमुख सन्दिप सिलवाल, जिसस उप-प्रमुख कुलमान बिश्वकर्मा, नेपाल व्यवसायिक बाख्रापालक किसान महासंघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सेँढाई, केन्द्रिय महासचिव अमृत तिवारी, केन्द्रिय सचिव बिना थामि, महासंघका बागमति प्रदेश अध्यक्ष गोविन्द सुवेदी लगायतको बिशेष आतिथ्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस