धादिङ ०६ भाद्र
नेपाल व्यवसायिक बाख्रापालक किसान महासंघ धादिङको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा थाक्रेका आईतकुमार तामाङ,बउपाध्यक्षमा बेनिघाट रोराङकी सुन्तलिमाया तामाङ, सचिवमा नीलकण्ठका प्रेम गुरुङ, सह-सचिवमा नीलकण्ठबाटै मुना थापा र कोषाध्यक्षमा बेनिघाट रोराङबाट वेदहादुर गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
कुल १७ सदस्यीय रहने कार्यसमितिमा १४ जना सर्वसम्मत चुनिए भने बाँकि ३ सदस्यमा रुविभ्याली गाउँपालिका, गल्छी गाउँपालिका र धुनीबेँशी नगरपालिकाबाट १/१ जना प्रतिनिधि सदस्य जिल्लाले छान्नेछ।
जिल्ला समन्वय समितिको हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेपाल व्यवसायिक बाख्रापालक किसान महासंघ धादिङका अध्यक्ष रेमनाथ भट्टले गर्नुभएको थियो भने प्रमुख अतिथ्यता जिल्ला समन्वय समितिका अध्यक्ष नवराज अधिकारीले गर्नुभएको थियो ।
सम्मेलनमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्र.लम्साल, जिल्ला भेटेरिनरी प्रमुख सन्दिप सिलवाल, जिसस उप-प्रमुख कुलमान बिश्वकर्मा, नेपाल व्यवसायिक बाख्रापालक किसान महासंघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्र.सेँढाई, केन्द्रीय महासचिव अमृत तिवारी, केन्द्रीय सचिव बिना थामि, महासंघका बागमती प्रदेश अध्यक्ष गोविन्द सुवेदीलगायतको बिशेष उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस