धादिङ ०५ भाद्र
नीलकण्ठ माध्यामिक विद्यालयले एस.इ.इ परीक्षामा उतीर्ण विद्यार्थीहरुलाई बधाइ तथा सम्मान गरेको छ । आईतबार विद्यायमा एक कार्यक्रमका बिच शैक्षिक सत्र २०७८ मा विद्यालयबाट एस.इ.इ परीक्षा दिई उत्र्तीण भएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरिएको थियो भने ११ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत तथा १२ कक्षाको परीक्षा दिएका विद्यार्थीहरुलाई बिदाई गरिएको हो ।
त्यस्तै कार्यक्रममा एस.इ.इ परीक्षामा उत्कृष्ट नतिजा हासिल गराउने गणित, प्राविधिक, सामाजिक, अंग्रेजि तथा विज्ञान धारका शिक्षक शिक्षिकाहरुलाई पनि सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समीतिका अध्यक्ष गोविन्द लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी नवराज लम्सालको प्रमुख आतिथ्य रहेको थियो भने विशेष अतिथिहरुमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख यम बहादुर खड्का, नीलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख नारायण प्रसाद वाग्ले र नीलकण्ठ नगरपालिका ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ रहनु भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति समेत देखाएका थिए । २०७८ सालको एस.इ.इ परीक्षामा नीलकण्ठ माध्यमिक विद्यालयबाट सहभागी अनिषराज प्रजापती ३.९५ जिपिए ल्याइ जिल्ला प्रथम, ३.९० जिपिए ल्याइ दिवस अधिकारी जिल्ला द्धितीय र ३.८५ जिपिए ल्या कञ्चना अधिकारी जिल्ला तृतीय तथा छात्रातर्फ जिल्ला प्रथम भएका थिए ।
यस्तै कार्यक्रमकै अवसरमा उत्कृष्ठ जिपिए ल्याउने ६ जना विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो ।
ध्चष्तभ तय क्बलवबथ म्भखपयतब क्जष्खब
प्रतिक्रिया दिनुहोस