धादिङ ०४ भाद्र
नेपाल कम्युनिष्ट पार्टि माओवादि केन्द्र धादिङको भातृ संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा धादिङ जिल्ला समन्वय समितिको जिल्ला भेला सम्पन्न भएको छ ।
शनिबार धादिङबेसीमा सम्पन्न भेलाले गजुरी गाउँपालिका किराञ्चोकका सूर्य बहादुर तामाङको अध्यक्षतामा ३४ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसको उपाध्यक्षमा टिकाराम तामाङ र कर्ण बहादुर तामाङ, सचिवमा अमृत तामाङ नीलकण्ठ, सहसचिवमा चेलिमायाँ तामाङ गजुरी कोषाध्यक्षमा उर्मिला तामाङ नेत्रावती डवजोङ लाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा रामबहादुर तामाङ नीलकण्ठ, बुद्धिमान तामाङ खनियाबास, हिमालय तामाङ खनियाबास, शंकर तामाङ नीलकण्ठ, निरबहादुर तामाङ नेत्रावती डवजोङ, बच्चु तामाङथार्के, प्रेम तामाङ सिद्धलेक, सरोज तामाङ गल्छी, सुनिल बहादुर तामाङ गंगाजमुना, यम बहादरु तामाङ गंगाजमुना, सन्चामान तमाङ, विकास तामाङ गजुरी, दावा तामाङ रुबीभ्याली, कुलबहादुर तामाङ रुबीभ्याली, शेल्कर तामाङ रुबीभ्याली, हशिरण तामाङ, रन्नामायाँ तामाङ गजुरी, रन्जीत तामाङ निलकण्ठ, रन्जुला तामाङ नीलकण्ठ, सुनबहादु तामाङ, विमल तामाङ रुबीभ्याली, शिव तामाङ थाक्रे, भक्त तामाङ (कार्ण) गजुरी छन् ।
सूर्य बहादुर तामाङको सभापतित्वमा सम्पन्न भेलामा मोर्चाको संस्थापक अध्यक्ष कुमार योञ्जनको प्रमुख आतिथ्य रहेको थियो भने प्रदेश संयोजक सोम्बले तामाङ (अक्कल), माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछाने (सुबोध), खनियाबास गाउँपालिकाका उपाध्यक्ष एवम् माओवादी केन्द्र धादिङका जिल्ला कमिटी सदस्य सेक्केमान तामाङ लगायतका नेताहरुको विशेष आतिथ्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस