धादिङ ०३ भाद्र
धादिङमा शुक्रबार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५० एन्टिजेन परिक्षण गर्दा जिल्लाको ज्वालामुखी गाउँपालिकामा २० जना र धुनिबेशी नगरपालिकामा २ जना गरी २२ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ ।
यस्तै जिल्लाका थप ३ संक्रमित डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १२० पुगेको छ । र संक्रमित सबै होम आईशालेशनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस