थापाथलीस्थित नेपालकै एक मात्र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नेपालकै पहिलो ुह्युमन मिल्क बैंक’ ९अमृत कोष० स्थापना भएको छ।
अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरेकी हुन्।
बैंकले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई आवश्यक भएका वेला अरू आमाहरूको दूध उपलब्ध गराउने अस्पतालका निर्देशक प्राडा अमिरबाबु श्रेष्ठले बताए ।
‘समय नपुगी जन्मेका र कम तौल भएका शिशु जीवित रहिरहन सक्ने तथा उनीहरूको पर्याप्त शारीरिक तथा मानसिक विकास हुन नसक्ने बढी जोखिम हुन्छ। यसका साथै उनीहरूको कमजोर स्वास्थ्य अवस्थाका कारण उनीहरूलाई दूध खुवाउन पनि गाह्रो हुन्छ’‚ प्राडा श्रेष्ठले भने, ुप्रायजसो यस्ता शिशुको सन्दर्भमा प्रत्यक्ष स्तनपान सम्भव हुँदैन। यस्तो अवस्थामा उनीहरूका लागि उत्तम विकल्प भनेको आमाको दूध निकालेर खुवाउनु हो, सम्भव भएसम्म आफ्नै आमाको दूध खुवाउनु पर्छ।’
समय नपुगी जन्मेका नवजात शिशुलाई बट्टाको दूध दिइने गरिन्छ तर बट्टाको दूध खुवाउँदा त्यस्ता शिशुमा संक्रमण ९सेप्सिस्० र ‘नेक्रोटाइजिङ इन्टेरोकोलाइटिस्’ ९आन्द्रासम्बन्धी एक प्रकारको रोग० को उच्च जोखिम रहने हुँदा त्यस्ता बच्चाहरूका लागि लक्षित गरेर अमृत कोष स्थापना गरिएको निर्देशक श्रेष्ठले बताए।
अमृत कोष’ नेपाल सरकार, यूरोपियन युनियन र युनिसेफको साझेदारीमा स्थापना गरिएको हो। सन् २०१३ देखि युनिसेफले यूरोपियन युनियनको आर्थिक सहयोगमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न नेपाल सरकारलाई सहयोग गर्दै आएको छ।
पूर्ण स्तनपानले विश्वभर हरेक वर्ष ५ वर्ष उमेरमुनिको सम्भावित मृत्युलाई १३ प्रतिशतले कम गर्न सक्ने क्षमता राख्छ। यस्तै जन्मेको पहिलो घण्टाभित्र गराइने स्तनपानसँगै पूर्ण स्तनपानले विश्वका सबै नवजात शिशुको मृत्युलाई २२ प्रतिशतले घटाउन सक्छ।
नेपाल बहुसूचक सर्वेक्षण, २०१९ का अनुसार नेपालमा २ वर्षमुनिका शिशुमध्ये ४२ प्रतिशतलाई मात्र जन्मेको एक घण्टाभित्र स्तनपान गराइन्छ भने ६ महिना मुनिका ६२ प्रतिशत शिशुहरूलाईमात्र पूर्ण स्तनपान गराइन्छ।
प्रतिक्रिया दिनुहोस