धादिङ १६ श्रावण
सिद्धलेक गाउँपालिका वडा नम्बर ६ कुम्पुर धादिङमा रहेको एनसेल टावरमाथी बुधबार राती आगजनी भएको छ । करिब राती ११ बजेको समयमा आगजनी हँुदा टावरमा रहेको जेनेरेटर , ब्याट्री र तारहरु जलेर नष्ट भएका छन् । आगो भने वर्षाका कारण नियन्त्रण्मा आएको प्रहरीले जानकारी दिएको छ । आगजनी कसले गरेको पुष्टी नभएको तथा क्षतिको विवरण समेत प्राप्त भइसकेको छैन । आगजनी गर्ने अज्ञात समुहको खोजी भहिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक रुपक खड्काले जानकारी दिनुभएको छ । आगलागीबाट उक्त टावर रहेको आसपासमा एनसेलको सेवा अवरुद्ध भएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले टावरमाथि आगजनी गराएको हुन सक्ने अनुमान गरिए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस