धादिङ २८ श्रावण
धादिङमा आर्थिक बर्ष ०७७/०७८ को तुलनामा आर्थिक बर्ष ०७८/०७९ मा आत्महत्या गर्नेको संख्या घटेको छ । आर्थिक बर्ष ०७७/०७८ मा जिल्लामा १४२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ भने आर्थिक बर्ष ०७८/०७९ मा १४२ बाट घटेर ९७ मा झरेको छ ।
कोरोना समयमा बढेको आत्महत्या दर अहिले विस्तारै घट्दै गएको छ । कोभिडको समयमा महिनामा धादिङ जिल्लामा औषतमा १२ जनाले आत्महत्या गरेको देखिन्छ । आत्महत्याको प्रयास गर्नेमा महिला बढी भएपनि मर्नेमा भने बढी पुरुषको तथ्यांक रहेको छ । धादिङमा गत आर्थिक वर्ष २०७८÷०७९ मा मात्रै ९७ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार गतवर्ष ५४ जनापुरुष र ४३ जना महिला गरी ९७ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी झुण्डिएर ७५ जनाले आत्महत्या गरेका छन् । त्यस्तै विष सेवन गरेर १९, हामफालेर २ जना र हातहतियार औजार प्रयोग गरेर १ जनाले आत्महत्या गरेका छन् ।
धादिङको १३ स्थानिय तह मध्ये गतबर्ष सबैभन्दा बढि नीलकण्ठ नगरपालिकाका १७ जनाले आत्महत्या गरेका छन् भने, बेनिघाट रोराङका १५, थाक्रेका १४, धुनीबेशीका १३, गल्छीका १२, त्रिपुरासन्दरी ८, ज्वालामुखी ७, सिद्धलेक ३, गंगाजमुना २, गजुरी र नेत्रावती डवजोङका १÷१ जनााले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस