धादिङ श्रावण १५
धादिङ जिल्लामा भूकम्प पुर्न निर्माणमा परेका कुल ८३ हजार ४१ नीजि आवासमध्ये ४८ हजार ४ सय ५४ नीजि आवास निर्माण सम्पन्न भएको छ भने ५ हजार ३ सय ९३ लाभग्राही सूचि खारेज गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भुकम्प पछिको पुनर्निनर्माण र पुर्नस्थापनामा सदाचार कार्यक्रम धादिङले अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धादिङबाट प्राप्त साउन १४ सम्मको विवरणलाई आधार मान्दै आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी दिएको हो । आईपिइआरआर धादिङका जिल्ला अधिकृत सानुबाबु तिमिल्सिनाको अगुवाइमा भएको पत्रकार भेटघाट कार्यक्रममा २०७२ बैशाख १२ र २९ गतेको महा विनाशकारी भूकम्पका कारण धादिङ जिल्लामा क्षति भएका कुल ८३ हजार ४१ नीजि आवासमध्ये ७४ हजार ८ सय लाभग्राहीहरुसँग अनुदान सम्झौता भइसकेको जानकारी गराइएको हो । अनुदान सम्झौता भएकामध्ये ७४ हजार ७ सय १६ लाभग्राहीले पहिलो किस्ता प्राप्त गरिसकेका छन् । त्यस्तै दोस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीहरुमा ६३ हजार ६ सय १२ रहेका छन् भने तेस्रो किस्ता ५० हजार ५ सय ७१ लाभग्राहीहरुले प्राप्त गरेका छन् । यस्तै २ हजार ३ सय ५९ लाभग्राही प्रवलीकरण सूचिमा परेका छन् । यता शिक्षातर्फ सामुदायिक विद्यालय पूर्न निमार्णको अवस्था हेर्ने हो भने जिल्लाभर ५ सय ८१ विद्यालयका ४ हजार ४ सय ३८ कक्षाकोठा क्षति भएकामा हालसम्म २ हजार ४ सय ८३ कक्षाकोठा निर्माण सम्पन्न भएका छन् । यस्तै १ हजार ३ सय ३९ कक्षाकोठा निर्माणाधिन अवस्थामा रहेको र ४ सय ९३ कक्षाकोठा निर्माण गर्न बाकि रहेको छ ।
प्रतिक्रिया दिनुहोस