धादिङ २७ श्रावण
जिल्ला युवा समिति धादिङले धादिङ अस्पतालका विरामीलाई फलफुल वितरण गरेको छ । सुत्केरी, भर्ना भएका विरामी र आकस्मिक कक्षमा भएका विरामी सहित ५० भन्दा बढीलाई फलफुल वितरण गरिएको हो ।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा जिल्ला युवा समितिले फलफुल वितरणसँगै भानुपार्कमा बृक्षारोपण पनि गरिएको छ । रुद्राक्ष, कपुर, चाँप, अमलालगायत फुलका विरुवा सारिएको युवा समिति धादिङका अध्यक्ष सुनिता सिंखडाले बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, गैर सरकारी सस्था महासंघका अध्यक्ष शालिकराम दुवाडी, धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला, पत्रकार महासंघका निवर्तमान अध्यक्ष नवराज छत्कुली, नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति नारायण प्रसाद तिमल्सिना, उपमन्त्री नारायण कुमार श्रेष्ठलगायत रेडक्रस युवा सर्कल, राष्ट्रिय सेवा दलका युवाहरु सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस