धादिङ २७ श्रावण
गाईजात्रा पर्व धादिङ सहित विभिन्न जिल्लामा विशेष कार्यक्रमका साथ मनाइएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुक्रबार विभिन्न कार्यक्रमसहित धादिङ बेसीमा नाचगान गरेर मनाईएको हो ।
विशेष गरी नेवारी समुदायमा आफ्ना दिवंगत पितृहरुको उद्दार गर्ने सन्दर्भमा गाईको जात्रा गरेर यो पर्व मनाइन्छ । तर आजभोली भने गाईजात्राको परिभाषा फरक हुन थालेको छ । समाजमा विद्यमान विकृति र विसंगतिलाई हास्य व्यंग्यमार्फत उजागर गर्ने गरिन्छ ।
श्रावण कृष्ण प्रतिपदा, अर्थात् गाईजात्रा पर्व । राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्रको नाबालक अवस्थामै मृत्यु हँदा आफ्नी रानीलाई सम्झाउनका लागि चालेको एक कदमबाट यो पर्वको शुरुवात भएको मानिन्छ । गाईजात्रा पर्वका दिन एक युवकलाई प्रतिकात्मक गाई बनाएर दिवंगत आफन्तको सम्झनामा गाजाबाजासहित नगर परिक्रम गरी मनाइने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस