धादिङ २६ श्रावण
बिहिबार धादिङका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ ।
जिल्लामा गरीएको ५७ एन्टिजेन परिक्षणमध्ये ज्वालामुखी गाउँपालिकामा ५जना , नीलकण्ठ नगरपालिकामा ४ जना, गंगाजमुना गाउँपालिकामा ६ जना, धुनिबेशी नगरपालिकामा २ जना र त्रिपुरासुन्दरी गाउँपालिकामा १ गरी जिल्लामा १८ पोजिटिभ केश देखिएको छ ।
यस्तै संक्रमित मध्ये थप ३ जना डिस्चार्ज भएका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या ५९ पुगेको छ । संक्रमित सबै होम आईशालेशनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस