धादिङ २६ श्रावण
धादिङ अस्पतालमा डायलाइसिस सेवाको पहिलो उपचार भएको छ । डा। दिनेश रेग्मीको टोली र तालिमप्राप्त नर्स अस्मिता भुषालको टोलीले मृगौलाका बिरामी त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटारका पदम बहादुर थपलियाको डाएलाइसिस गरेका हुन् ।
श्रावण २२ गते बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले धादिङ अस्पतालमा डाएलाइसिस सेवाको सुभारम्भ गरेका थिए । पछिल्लो समय मृगौलाको समस्या धेरै भएको र जिल्लामा डाएलाइसिस सेवा नहुदा काठमाडौँ, चितवन लगायतका ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो ।
अहिले जिल्लामै उक्त सेवा सुभारम्भ भएपछि डाएलाइसिस गराउनुपर्ने बिरामीहरुलाई सहज भएको छ । ४ वटा डाइलायसिस उपकरण सहित हाल हेमो डाइलायसिस सेवा सुरु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस