धादिङ २४ श्रावण
पछिल्लो २४ घण्टामा धादिङमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार मंगलबार जिल्लामा गरीएको ३७ एन्टिजेन परिक्षणमध्ये धुनिबेसी नगरपालिकामा ९, त्रिपुरासुन्दरी गाउँपालिकामा ५, बेनिघाट रोराङ र गंगाजमुना गाउँपालिकामा १र१ जना गरी जिल्लामा १६ पोजिटिभ केश देखिएको छ।
यस्तै संक्रमित मध्ये थप ७ जना डिस्चार्ज छन्। जिल्लामा सक्रिय केशको संख्या ४६ पुगेको छ । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस