धादिङ
खनियाबास गाऊँपालिका वडा नम्बर ३ ९ बिर्चेत मोङपथे ० बस्ने ५३ वर्षीय मोईजलम भन्ने मोईजा लामा तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिए।
मानसिक रूपमा कमजोर बर्षौ देखी टाउकोको औषधि सेवन गर्नु पर्ने बाध्यता भएको महिला आफ्नै गोठमा भैसिलाई घास हालीरहेको अवस्थामा मौका छोपी अचानक जबस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि खनियावास प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरेको थियोे ।
प्रहरीको अनुसार जबरजस्ती करणीमा संग्लन व्यक्तिलाई घटनास्थलको अनुसन्धानपछि खोजतलास गर्ने क्रममा काठमाडौंको बालाजुमा लुकेर बसेको अवस्थामा पक्राउ गरेकोछ। जबरजस्ती करणीमा संग्लन व्यक्तिलाई आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले बताए।
निज तामाङ नेपाली कांग्रेसमा वार्ड सभापति समेत रहेको र उनको यस्तो खालको हर्कतले स्थानियहरुको चकित छन् । तामाङलाई प्रहरीले समातेपछि पिडितले न्याय पाउने महसुस गरेको स्थानियहरु बताएका छन् ।
प्रतिक्रिया दिनुहोस