धादिङ २३ श्रावण
नेत्रावती डबजोङ गाउँपालिका ५ स्थित श्री महेन्द्र बाराही माध्यमिक विद्यालयले सोमबार एक कार्यक्रमका बिच वर्ष २०७८ मा एस.इ.इ परीक्षामा उत्र्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिल बहादुर थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्य तथा वडा नं ५ का वडा अध्यक्ष हरी अधिकारीको आतिथ्य रहेको थियो ।
एस.इ.इ परीक्षामा उत्र्तीर्ण विद्यार्थीहरुलाई सम्मान पत्र, मायाँको चिनो सहित सम्मान गरिएको छ । ४३ जना विद्यार्थीहरु एस.इ.इ. परीक्षामा सहभागी भएका थिए । जसमा ३.६ जिपीए प्राप्त गर्नेमा सन्तोष तामाङ र दिपेश वि.क रहेका छन् ।
कर्यक्रमलाई सम्बोधन गर्नुहुदै वडा अध्यक्ष अधिकारीले विद्यालयलाई उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा बधाई दिदै आगामी दिनमा विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै सोहि कार्यक्रमको अवसर पारि नव निर्वाचित वडा जनप्रतिनिधिहरुलाई पनि सम्मान गरिएको छ भने आर्थिक रुपले विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस