धादिङ
्साउन ९ गते आएका आएको बर्षाको कारण पाईपलाईन पहिरोले विगारेपछि धादिङबेसी बजार क्षेत्रमा खानेपानीको समस्या भएको १४ दिन भैसक्यो । खानेपानी समस्या कस्ले समाधान गर्ने भन्ने विवादले अहिले धादिङबेसीमा खानेपानी समस्या उत्पन्न भएको हो ।
सदरमुकाममा धादिङवेसी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिले खाने पानी वितरण गर्दै आएको थियो । संस्था दर्ता भएदेखि नविरण नभएको भन्दै २०७७ साल मंसिरमा नीलकण्ठ नगरपालिकाले समिति विघटन गरी नयाँ तदर्थ समिति गठन गरेको थियो ।
ननगरपालिकाले भएको समिति विघटन गर्ने, नयाँ समितिलाई पनि कार्य गर्न अदालतबाट रोक लगाएकोले सदरमुकामका पानीको अभाव सधैं जसो भईरहको थियो त्यसमा साउन ९ गते पहिरोलो पाईपलाई विगारे पछि थप समास्य देखिएको हो ।
पानीको अभाव र वैज्ञानिक रुपमा पानी वितरण व्यवस्था मिलाउन सहरी विकास योजना अन्तरगत सरकार, स्थानिय सरकार र उपभोक्ताको संयुक्त लगानीमा बृहत खानेपानी योजना संचालन हुने भएकोछ । उपभोक्ता समिति निस्कृय रहेको अवस्था संचालन हुन लागेको परियोजनाको लागत स्टमेट अनुसार काम हुने कुरामा पनि थप सङ्का उत्पन्न भएको स्थानीयहरु बताउँछन् ।
श्रावण महिना सम्म पनि आपसी छलफल,संवाद भएर समस्या समाधान गर्न कुनै पहल नभए सवै उपभोक्ता विरोधमा उत्रनेछ भन्दै सरोकार समितिका अध्यक्ष नरबहादुर श्रेष्ठले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस