धादिङ २२ श्रावण
आईतबार धादिङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्लामा गरीएको १६ एन्टिजेन परिक्षणमध्ये त्रिपुरासुन्दरी गाउँपालिकामा ५ जना, बेनिघाट रोराङ गाउँपालिका १ जना, गंगाजमुना गाउँपालिकामा १ जना र जिल्ला अस्पतालमा १ जना गरि जिल्लामा ८ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।
यस्तै आईतबार थप २ जना डिस्चार्ज भएकाछन्। जिल्लामा सक्रिय संक्रमितको संख्या ३२ पुगेको छ । संक्रमित सबै होम आईशोलेशनमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस