धादिङ २० श्रावण
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति धादिङको प्रशिक्षण भेला तथा विद्यार्थीसंग अखिल (क्रान्तिकारी) अभियान उद्घाटन कार्यक्रम शुक्रबार धादिङ बेसीमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति धादिङको सभा हलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का पोलिब्युरो सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शलिकराम जम्कट्टेल, बिशिष्ठ अतिथी अखिल (क्रान्तिकारी) केन्द्रिय समिति उपाध्यक्ष राजकुमार लिम्बु, माओवादी केन्द्र केन्द्रिय सदस्य राम बहादुर भण्डारी, अतिथी अखिल क्रान्तिकारी केन्द्रिय सचिवालय सदस्य रमेश खड्का लगायतका नेताहरुले प्रशिक्षण दिनुभएका थिए ।
अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय समितिले देशब्यापी रुपमा संगठन सुदृढीकरणका निम्ति तीन महिने विद्यार्थीसंग अखिल (क्रान्तिकारी) अभियान संचालन गरेको हो । कार्यक्रमका प्रमुख अतिथी शालिकराम जम्कट्टेलले वैज्ञानिक समाजवादी शिक्षा र समाजवाद उन्मुख समृद्धिका निम्ति अखिल क्रान्तिकारी बलियो हुनुपर्नेमा बिध्यार्थीलाई जोड दिन आग्रह गर्नुभयो
प्रतिक्रिया दिनुहोस