धादिङ २० श्रावण
शुक्रबार धादिङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा गरिएको १४ एण्टिजेन परिक्षणमा धुनिबेसी नगरपालिका, ज्वालामुखी र गंगाजमुना गाउँपालिकामा १/१ जना गरी जिल्लामा ३ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यसैगरी थप एक जना डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २६ पुगेको छ भने संक्रमित सबै जना होम आइसोलेसनमा छन् ।
प्रतिक्रिया दिनुहोस