सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्नेगरी संघ र प्रदेशको निर्वाचनको मितिबारे निर्णय गरेको हो।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते निर्वाचन गर्ने सहमति भएको थियो। त्यही सहमतिअनुसार सरकारले चुनावको मिति घोषणा गरेको हो।
गठबन्धनको सुझाबअनुसार सरकारले आज चुनावको मिति तोकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए। निर्वाचन आयोगले गरेको सिफारिस अनुसारको समयसीमा कटेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको गरेको हो।
प्रतिक्रिया दिनुहोस