धादिङ ११ श्रावण
म्हेन्दोमाया कलाकार संघ धादिङको अध्यक्षमा गायक तथा सञ्चारकर्मी सन्दिप स्याम्चेन चयन भएका छन् । शनिबार धादिङबेसीमा सम्पन्न भेलाले ११ सदस्यीय म्हेन्दोमायाँ कलाकार संघ गठन गरेको हो । संघको भेलाले प्रथम उपाध्यक्षमा विकल तामाङ, द्वितिय उपाध्यक्षमा माया थोकर, सचिवमा मेलिना लामा तामाङ, सह सचिवमा मोहन लिङ तामाङ र कोषाध्यक्षमा टिकामायाँ तामाङलाई चयन गरेको छ । म्हेन्दोमाया कलाकार संघका केन्द्रीय अध्यक्ष राजकिङ वाईवाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा वाईवा समाजका केन्द्रिय अध्यक्ष विगेन्द्र वाईवा तामाङ, म्हेन्दोमाया कलाकार संघका केन्द्रीय संरक्षक मर्नेम वाईवा, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस