नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतलाई बिजुली बेचेर १६ अर्ब रुपैयाँ आम्दानी गर्ने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक घिसिङले हाल भारतबाट बिजुलीमा राम्रो मूल्य पाइरहेको बताए ।
बिजुलीको व्यापार गर्न निजी क्षेत्रलाई २० वर्षपछि पनि दिन नसकिने उनले बताए । प्राधिकरणले ट्रान्समिसन प्रसारण लाइनको जोखिम लिने र शुल्क तिर्ने भएकाले २० वर्षपछि पनि निजी क्षेत्रलाई व्यापार गर्न दिन नसकिने उनको भनाइ छ । घिसिङले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रसारण शुल्क बढाउँदै जान नहुने बताए । पछिल्लो समय ट्रान्समिसन प्रसारणमा शुल्क उच्च हुँदै गएको उनको भनाइ छ ।
उद्योगहरुले मागेजति विद्युत् दिन तयार रहेको भन्दै प्राधिकरणले अहिले ट्रान्समिसन र सब–स्टेसनमा लगानी बढाएको बताए । उनले विद्युत् सवारीमा प्रति किलोमिटरमा एक रुपैयाँ लागत पर्ने बताउँदै अहिले पेट्रोल डिजेलमा प्रतिकिलोमिटर २० रुपैयाँ पर्ने गरेको बताए ।
प्रतिक्रिया दिनुहोस