धादिङ १४ श्रावण
नीलकण्ठ नगरपालिकाले धादिङ बेसी बजार क्षेत्र र खोला आसपासका क्षेत्रमा अनधिकृत रूपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर र टहरा निर्माण गर्न प्रतिबन्ध लगाउने भएको छ ।
शनिबार नगर प्रमुख भिम ढुङ्गानाको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको बैठकले धादिङ बेसी बजार क्षेत्र र बजार क्षेत्रमा पर्ने थोपल खोला, अरुण खोला र आँसी खोलाको सीमा तथा आसपासका सरकारी र सार्वजनिक क्षेत्रमा घर टहरा निर्माणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
कसैले जबरजस्ती निर्माण गरेमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४१ को उपदफा १ंं र २ बमोजिम भत्काउने खर्च समेत निर्माण कर्ताबाट असुल गरी आवश्यक कारबाही गरिने बताईएको छ ।
त्यस्तै, सरकारी र सार्वजनिक जग्गाको क्षेत्रफलको रेखाङ्कन गरी नेपाल राजपत्र भाग ३ को भू उपयोग नियमावली, २०७९ को अनुसूचि १ को ६ अनुसार वर्गीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल सहित कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस