कृष्ण बहादुर लामिछाने
गोरखा ९ श्रावण
भिमसेन थापा गाउँ पालिका गोरखाले नेपालका प्रथम प्रधानमन्त्री एवं राष्ट्रिय विभूति भिमसेन थापाको २ सय ४४ आँै जन्म जयन्ति विभिद कार्यक्रमका साथ मनाएको छ । भिमसेन थापा गाउँ पालिका ८ साविक बोर्लाङ गाविस ५ का अम्बर सिंह थापाकी धर्मपत्नी सत्यरुपा थापाको कोखबाट वि.सं. १८३२ श्रावण ९ गते भिमसेन थापाको जन्म भएको थियो । यिनै भिमसेन थापाको नामबाट यस गाउँ पालिकाको नाम भिमसेन थापा गाउँ पालिका रहेकोले भिमसेन थापाको बाजा गाजासहित २ सय ४४ औँ जन्म जयन्ति मनाइएको हो ।
भिमसेन थापाले नेपालमा पहिलो मुख्तियारी भइ ३१ वर्ष शासन चलाएकोले नेपालको पहिलो प्रधानमन्त्री भनिएको हो । नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान गरेको र साम्राज्यवादी अङ्ग्रेजहरुबाट नेपाललाई खतरा महसुस गरी एसिया महादेशबाट उनीहरुलाई हटाउन पहल कदमी गरेको र भारत, चीनजस्ता विशाल राज्यहरु साम्राज्यवादको चपेटामा पर्दा पनि सानो पहाडी मूलुक नेपाललाई त्यसबाट मूक्त गराएकोले नेपाल सरकारद्धारा राष्ट्रिय विभूति घोषित भएका हुन् । कार्यक्रम भिमसेन थापाको पुरानो दरबार रहेको भिमसेना थापा पार्क निर्माण स्थल चण्डिचोक बोर्लाङमा सम्पन्न भएको हो ।
वडा सचिव शिव श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यपालिकाकी सदस्य सरिता भट्टले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा अधिकांश वक्ताहरुले भिमसेन थापाको देशभक्तिको बारेमा चर्चा गरेका थिए । वडा नं. ८ का वडा अध्यक्ष वासु थापाको अध्यक्षता रहेको कार्यक्रममा गाउँ पालिकाका अध्यक्ष ईश्वर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । गाउँ पालिकाकी उपाध्यक्ष विनु वाग्ले, प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापा लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, पत्रकार, सर्वसाधारण समेत गरी एक हजार भन्दा बढीको सहभागिता रहेको गोरखाबाट सहकर्मी कृष्ण बहादुर लामिछानेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस