धादिङ
विराटनगर — बन्दागोभी बोकेर भारत जाँदै गरेको मिनी ट्रकबाट मोरङ प्रहरीले ६ बोरा गाँजा बरामद गरेको छ ।
बन्दागोभी बोकेको प्र १–०२–००१ ख नम्बरको मिनी ट्रकलाई प्रहरीले शनिवार बिहान जोगवनी ढाटमा रोकेर चेक जाँच गर्दा बन्दागोभीको बोरामुनि लुकाएर राखेको अवस्थामा ६ बोरा गाँजा ९१५६० केजी बरामद भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक धनकुटा सहिदभूमी गाउँपालिका ३ छिन्ताङका विवेक राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए ।
धनकुटाको सहिदभूमी गाउँपालिकामा पर्ने छिन्ताङ र खोकु सुन्तला र गाँजा खेतीका लागि उर्वरा क्षेत्र मानिन्छ । यहाँ उत्पादन हुने गाँजा कोसी नदीको किनार हुँदै तराई झारेर भारततर्फ तस्करी हुने क्रम बढ्दो छ ।
अनलाईन खबर
प्रतिक्रिया दिनुहोस