धादिङ १२ श्रावण
५६ औँ राष्ट्रिय रक्तसञ्चार सेवा स्थापना दिवसको अवसरमा सल्यान्टारमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स कल्ब अफ सल्यान्टार धादिङको आयोजना तथा त्रिपुरासुन्दरी गाउँपालिकाको सहकार्यमा बिहिबार भएको रक्तदान कार्यक्रममा २ जना महिला र ४२ जना पुरुष गरी ४४ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
प्रतिक्रिया दिनुहोस