२०७८ साउनमा भएको स्नातक प्रथम वर्षको परीक्षाको नतिजा त्रिभुवन विश्वविद्यालयले अझै सार्वजनिक गरेको छैन ।
नतिजा सार्वजनिक नहुँदा विद्यार्थी अन्योलमा परेका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने नतिजा सार्वजनिक हुने क्रममा रहेको र कतिपय विषयको सार्वजनिक हुन थालेको बताए ।
विविध समस्याले गर्दा समयमा नतिजा प्रकाशन गर्न ढिलाइ भइरहेको बताए ।
कोभिड–१९ महामारीका कारण स्नातक तहको तेस्रो वर्षको परीक्षा सरेर चैतमा मात्रै भएको थियो । तेस्रो वर्षको नतिजा पनि अझै सार्वजनिक हुन सकेको छैन ।
स्नातक तेस्रो वर्षको नतिजा अझै नआउँदा स्नातकोत्तर तहको पहिलो सेमेष्टर फागुनभित्र भर्ना हुनुपर्ने अझै पनि हुन सकेको छैन । त्यसैले त्रिवि अन्तर्गतका क्याम्पस तथा विभागहरुको स्नातकोत्तर तहको पहिलो सेमेष्टर विद्यार्थी विहीन रहेका छन् ।
प्रतिक्रिया दिनुहोस