धादिङ ०८ श्रावण
नेपाल प्रेस युनियनको उपाध्यक्ष पदमा धादिङका डा. मुरारी अधिकारी निर्वाचित हुनुभएको छ ।
हेटौँडामा जारी नेपाल प्रेस युनियनको ९ औँ महाधिवेशनबाट अधिकारी बागमती प्रदेशको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिकारीले निकटतम प्रतिद्धन्द्धी मकवानपुरका गिरिजा अधिकारीलाई पछि पार्दै जित निकाल्नुभएको हो ।
नेपाली कांग्रेस निकट युनियनको महाधिवेशनमा भएको निर्वाचनबाट परिणाम सार्वजनिक हुने क्रम सुरु भएको छ । यस्तै केन्द्रीय सचिव पदमा गोरखाका नरहरि आचार्य पनि विजयी हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस