धादिङ ०८ श्रावण
नीर बहादुर तामाङ
कुमारी बैँक लिमिटेड धादिङबेशी शाखले दुर्घटनामा परी मृत्यु भएका यम बहादुर मगरको परिवारलाई मृत्यु दावी भुक्तानी स्वरुप १० लाख हस्तान्तरण गरेको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ निवासी स्वर्गीय मगरका परिवारलाई रु १० लाख हस्तान्तरण गरिएको हो । गत जेठ ३१ गते धादिङबाट काठमाडौँ जादैगर्दा धादिङको धुनीवेशी न.पा वडा नं ९ सुरुङमार्ग स्थित मोटरसाईकल दर्घटनामा परी मगरको मृत्यु भएको थियो । मृतक यम बहादूर मगरको परिवारलाई आइतबार एक कार्यक्रमका बीच बैँकका शाखा प्रबन्धक धन बहादुर श्रेष्ठले मृतककीे श्रीमती कमला मगर र मृतकका दाइ बल बहादुर मगरलाई रु १० लाखको चेक हस्तान्तरण गर्नूभएको हो । परिवार सुरक्षा वचत खातामार्फत गरिएको उतm बीमाले मगरका परिवारलाई राहत मिलेको छ । उतm कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठ, सांकोष माध्यमिक विद्यालयका शिक्षक नविन श्रेष्ठ र बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस