धादिङ ०७ श्रावण
धादिङको धुनिबेसी नगरपालिका वडा नं. ७ मा रहेको नौबिसे स्वास्थ्य चौकीमा भएको नि:शुल्क आँखा शिविरमा २ सय ८० जनाले सेवा लिएका छन् ।
जसमा १९ जनाको मोतियाबिन्दुको अप्रेशनका लागि जिल्ला सामुदायिक आँखा केन्द्र, धादिङमा बोलाइएको इन्चार्ज रामसिं तामाङले जानकारी दिनुभयो ।
जिल्ला सामुदायिक आँखा केन्द्र, धादिङको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान काठयमाडौँको प्राविधिक सहयोग एवं धुनिबेसी नगरपालिका र नौबिसे स्वास्थ्य चौकीको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस