धादिङ ०६ श्रावण
शंखादेवी माध्यमिक विद्यालय मझिमटार धादिङमा शुक्रबारबाट शिक्षकहरुका लागि आइसिटि तालिम सुरु भएको छ ।
३ हप्तासम्म सञ्चालन हुने तालिममा विद्यालयका शिक्षक, विद्यालय नर्स सहित २३ जनाको सहभागिता रहेको छ । प्रविधिमैत्री कक्षा सञ्चालनमा सहयोग गर्ने उद्देश्यले विद्यालयले तालिम सञ्चालन गरेको शिक्षक तिलक चेपाङले जानकारी दिनुभयो ।
तालिममा आइसिटि शिक्षक विश्वदीप डल्लाकोटीले प्रशिक्षण दिनुहुनेछ । वर्खे बिदाको सदुपयोग र शिक्षकहरुलाई प्रविधिको ज्ञान दिलाउने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको हो ।
करिब ५० प्रतिशत चेपाङ विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालय धादिङ जिल्लाकै पहिलो आवाशीय विद्यालय हो ।
प्रतिक्रिया दिनुहोस